Posts

Showing posts with the label परिचय
                     श्री कालीदेवी माध्यमिक विद्यालय बागमती – ४ , प्युटार , ललितपुर परिचय ( क) ऐतिहासिक पृष्ठभूमि ः यस श्री काली देवी मा.वि.को स्थापना वि. सं. २०१९ मा श्री काली देवी राष्ट्रिय प्राथमिक विद्यालयको नामबाट प्युटार वडा नं ८ ठाँटी भँज्याङ्गमा भएको हो । वि.सं.२०११ म यस विद्यालयलाई वडा नं. ८ कै तलतले डाँडामा सारियो भने सो ठाँउबाट पनि वि.सं. २०३१ मा वडा नं. १ को कालीदेवी मन्दिर परिसरमा सारियो त्यस ठाउँमा पनि भवन तथा खेलमैदानको अभाव भएकाले वि.स.२०४७ मा वडा नं.१ मै ५ रोपनी जग्गा खरिद गरी सोही स्थानमा विद्यालयलाई पुनः स्थान्तरण गरियो । हाल सोही ठाउँमा विद्यालय संचालन भइरहेको छ । यस विद्यालयमा   वि.स.२०३८ मा निम्न माध्यमिक तह २०४७ मा माध्यमिक तहको अनुमति प्राप्त गरी सोही तहका कक्षाहरु संचालन गरियो । यसै गरी वि.सं. २०५० मा यस विद्यालयले मा. वि. तहको स्वीकृति प्राप्त ग – यो । यसै गरी वि.सं.२०६४ देखि यस विद्यालयले तत्उकालीन उच्च माध्यमिक शिक्षा परिषदबाट उच्च माध्यमिक तह संचालन गर्न  सम्बन्धन प्राप्त गरी कक...